Sunday, December 20, 2009

नेपाली जैविक हरियो चिया, आर्थीक क्रान्तिको सम्भावना ।

नेपाल विश्वको मानचित्रमा एक भूपरीबेष्ठिट मुलुक हो । आफ्नै मौलिकता,पर्यावरणीय žआर्कषण,प्राकृतिक मनोरम, विश्वको अग्ला हिम शिखरहरु र नदी नालाहरुले भरिएको देश, संसारको छानो सगरमाथाको देश, शान्तिको अग्रदुत गौतम बुद्धको जन्मथलो तपोभुमि नेपाल । विश्वको ०.००३% र एसियाको ०।०३% भुभाग ओगटेको नेपाल जैविक विविधताको हिसावले निकै उल्लेख्नीय र वैवहवशाली मानिन्छ । कुल भुभागको १२.५% ओगटेको नेपालमा ७५० थरी भन्दा बढी जडीबुटी पाइन्छ, जुन सम्पूर्ण यूरोप र अफ्रिकाको भन्दा बढी हो । तर विडम्वना जैविक विविधतामा यती सम्पन्नशाली भएर पनि यसको पहिचान, सम्वर्धन र प्रबर्धन गर्न नसक्दा वजार नपाएर खेर गएका ति जडिबुटीहरु विश्व वजारको अत्याधिक मागको कारण चोरी निकाशी दिन प्रतिदिन बढीरहेको छ।

आज विश्वमा विकसित मानिएको राष्ट्रहरु चाहे प्रविधीको विकास गर्ने अमेरीकि मुलुक हुन्, या चाहे पेट्रोलियम पदार्थको व्यापार गर्ने खाडी मुलुक, वा पर्यटनको व्यापारबाट आर्थिक सम्वृद्री प्राप्त गर्ने थाईल्यान्ड र स्वीजरल्यान्ड लगायतका मुलुकहरु नै किन नहुन देशको प्राकृतिक सम्पदा, स्थानिय स्रोत र साधनको सदुपयोगबाट नै भएको हो ।

विश्वको सामरीक महत्व बोकेको आर्थीक सम्वाहक शक्तिशाली देशहरु भारत र चिनको विचमा रहेर पनि लामो समय देखी समृद्ध बन्नुको सट्टा आर्थीक स्वावलम्बी बन्नको लागि प्रयासरत छ । नेपालका लाखौ पौरखी हातहरु बेरोजगार भई एत्रतत्र भौतारीरहेका छन् । दलालको फन्दामा परेर विदेशी भुमीमा अलपत्र मात्र हैन धेरै जनाको ज्यान पनि गुमाई सकेका छन् । कयौ नेपालीहरुले जिवन बचाईदिनको निम्ती आग्रह गरिरहेको छन् । काम पाएर पनि श्रमको मूल्य नपाएर स्वदेश फर्कन सकिरहेका छैनन्।
अर्को तर्फ भैतिक दुनियाँमा प्रविधिको विकासको नाममा प्राकृतीक जिवनवाट टाढीदै छ, दिनप्रतिदिन जंक फुड, फास्टफुड र रसायनयुक्त खाद्य पदार्थको प्रभावले स्वास्थ्य प्रतिकुल बन्दै छ। व्यस्तताको कारण, वाध्यताको कारण वा सौखको कारण यस्ता खाद्य पदार्थको प्रयोगबाट आएको
स्वास्थ्य गिरावटको कारण आज विश्व चिन्तीत छ । यसको प्रतक्ष्य प्रभाव नेपालमा पनि परेको छ। जसको परिणाम नेपालमा २० वर्ष मुनीका विद्यार्थीहरुमा गरीएको परिक्षण अनुसार १०% मा मधुमेहको लक्षण देखीएको छ । ३५% भन्दा बढी मानिसहरु मुटुको विभिन्न रोगबाट पिडित छन् (विश्व मुटु महासंघको अनुसार विश्वमा १७ मिलियन मानिसहरु मुटुरोगको कारण वर्षेनी मर्ने गर्दछन्)। मृगौला र क्यान्सर रोग लगायत मौसम अनुसार हुने विभिन्न रोगका शिकार बनेका नेपालीहरुको स्वास्थ्य स्थिती हेर्दा चिन्तीत मात्र हैन जागरुक हुने समय आएको छ । यी र यस्ता तथ्यहरुलाई मनन गर्दै नेपाली जडीबुटीहरुको विश्व बजारमा पुर्याउन आजको आवश्यकता हो भने भोलीको लागि अपरीहार्य हो । ७५० थरी भन्दा बढी जडीबुटीहरुको आ–आफ्नो महत्व भएपनि जडीबुटीका राजा मानिने यार्चागुम्बा र रानी मानिने अश्वगन्धा जस्ता अमूल्य र दुर्लभ
जडीबुटीहरुको उचित बजार व्यवस्थापन नहुँदा राज्यले प्राप्त मात्रामा उपलब्धी हासिल गर्न सकेको छैन । यस्तै बहुमूल्य नेपाली बस्तु मध्ये “जैविक हरियो चिया” पनि एक हो।



के हो जैविक हरियो चिया?
(Camellia Sinensis) प्रजातीको विरुवा हो । भारत र चिन सबैभन्दा पहिले चिया प्रयोगमा ल्याउने देश हुन । कालो चिया र हरीयो चिया एउटै विरुवाबाट तयार भए पनि उत्पादन, प्रशोधन र प्रयोग गर्ने विधिमा फरक हुने भएकोले यी चियामा पाईने गुण र शरीरमा पार्ने प्रभावमा निकै भिन्नता रहेको पाईन्छ। संसारमा सबैभन्दा बढी ग्रीन टी को प्रयोग गर्ने
देशहरु जापान र चिन हुन। यी देशको मानिसका स्वास्थ्य स्थिती र औषत आयु हेर्दा संसारमै उच्च रहेको छ। जापानीजहरु संसारमै सबैभन्दा बढी बाच्नुको विभिन्न कारणहरु मध्ये ग्रीन टीको प्रयोग एक प्रमुख कारण भएको तथ्य विभिन्न अनुसन्धानबाट प्रमाणित भैसकेको छ । जापानीज र चिनियाँहरुले परापूर्वकालदेखी हालसम्म पनि ग्रीन टी लाई अमूल्य औषधीको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ। जैविक हरियो चियामा पाईने प्रमुख तत्वहरु जैविक हरियो चिया प्राकृतिक विधिद्वारा उत्पादन, प्रशोधन र प्रयोग गरिने भएकोले यसमा पाईने प्राकृतिक गुणहरु
यसमा सुरक्षित छन्। ति मध्ये केही प्रमुख तत्वहरु यस प्रकार छन्।
१) एण्टिअक्सिडेन्ट – क्याटेचिन्स, अंयाबोनोल्स
२) भिटामिनहरु – भिटामिन ए (क्यारोटिन), भिटामिन बी१, बी२, भिटामिन
ई, भिटामिन सी
३) खनिज लवनहरु – म्याग्नेसियम, म्याग्नेज, सेलेनियम, पोटासियम, फ्लोराइड
४) कार्बोहाइड्रेट – ग्लाइकोसाइड, पोलिसेकेराइड्स
५) प्रोटिन – थियानिन (एमिने एसिड)
६) अन्य – क्याफिन (२%–३%), थियोफाइलिन
(श्रोत: डायना रोजन, नेचर रिमिड अफ ग्रीन टी तथा ग्रीन टी सम्बन्धी बेभसाइटहरु)


जैविक हरियो चियामा पाईने तत्वहरुले शरीरमा पार्ने प्रभाव

  • हामीले खाएको खानाबाट पाईने पौष्टिक तत्वहरु शरीरमा गएर उपयोग हुने क्रममा शरीरमा विभिन्न रासायनिक प्रकृया हुन्छ । यी प्रकृयाका क्रममा अक्सिजनबाट केही हानिकारक तत्वहरु उत्पादन हुन्छन् । जसलाई फ्री रेडिकल्स भनिन्छ । यी फ्री रेडिकल्सले प्रोटिन, चिल्लो, डि. एन. ए. र कोष झिल्लीलाई नष्ट गर्दछन् । फ्री रेडिकल्सलाई नै क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता घातक रोगहरु साथै बुढोपनको लागि प्रमुख कारक तत्वको रुपमा मानिन्छ । फ्री रेडिकल्सहरु शरीरबाट हटाउन वा यी तत्वबाट शरीरमा हुने हानिबाट बच्ने एक मात्र उपाय खानामा एण्टीअक्सिडेन्टको मात्रा बढाउनु हो हर्बो अर्गानिक ग्रीन टीमा क्याटेचिन्स र भिटामिन सी प्रचुरमात्रामा पाईने भएको कारण यसको नियमित सेवन गर्नाले फ्री रेडिकल्सको कारणले हुने (क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता) घातक रोगहरुबाट सजिलै बच्न सकिन्छ । क्याटेचिन्स र भिटामिन सी सुपरिचित एवं शक्तिशाली एण्टिअक्सिडेन्ट हुन ।
  • रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा रक्तनली कडा भएर उच्च रक्तचाप, हृदयघात र पक्षघात हुने सम्भावना धेरै हुन्छ । सबै कोलेष्ट्रोल हानीकारक हुदैनन्। LDL कोलेष्ट्रोल हानीकारक हुन्छ भने HDL कोलेष्ट्रोल फाइदाजनक हुन्छ । क्याटेचिन्सले LDL को मात्रा घटाउने र HDL को मात्रा बढाउने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यसकारण ग्रीन टीको प्रयोग गर्नाले हानिकारक LDL को मात्रा घटाएर यसबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ ।
  • ग्रिन टिमा पाईने ई. जि. सि. जि. तत्व भिटामिन ई भन्दा २५ गुणा बढी प्रभावकारी हुन्छ । त्यसैगरी भिटामिन सि भन्दा १०० गुणा बढी प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ साथ साथै क्याटेचिन्स एण्टिभाइरल भएको कुरा पनि प्रमाणित गरेका छन् । क्याटेचिन्सले भाइरसबाट दुई किसिमले बचाउछ । एक सिधै भाईरसलाई मार्छ वा वृद्धिलाई रोक्छ भने अर्को तर्फ शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीमा बृद्धी गरेर भाईरससँग लड्ने क्षमतामा बृद्धि गर्दछ । ग्रीन टीले कुल्ला गर्दा रुघाखोकी, टन्सिलाइटिस आदिबाट बच्न सकिन्छ ।




  • क्याफिन र थियोफाइलिन

ग्रिन टि मा पाईने अन्य तत्वहरुमा क्याफिन र थियोफाइलिन पनि हो, आम जनमानसमा क्याफिनले शरिरलाई नराम्रो असर गर्छ भन्ने गलन प्रचार प्रसार भईरहेको छ तर त्यो पूर्ण सत्य होईन । केही मात्रामा क्याफिन हाम्रो शरीरको लागि चाहिन्छ । त्यसैले नेपाली अर्गानिक ग्रिन टिमा २ प्रतिशत देखि ३ प्रतिशत मात्र पाईन्छ । जसले श्वासनलिको मांशपेशीलाई फैलाउँछ, जसले गर्दा श्वास लिन सजिलो हुन्छ र फोक्सोको कार्यक्षमता बढ्छ । त्यसैले थियोफाइलिनलाई दमको लागि औषधीको रुपमा पनि प्रयोग गरिन्छ । क्याफिनले इच्छाहिन मांशपेशीको कार्य क्षमतामा बृद्धी गर्ने भएको कारण श्वास फेर्न गाह्रो भएका विरामीलाई फाइदा गर्दछ । क्याफिन र थियोफाइलिनले Mast Cell बाट उत्पादन हुने हिष्टामिन र अन्य तत्वहरु (Mediator) को उत्पादनहरुलाई कम गर्दछ । यहि कारण क्याफिन र थियोफाइलिनले दम र एलर्जी (Allergy) मा फाईदा गर्दछ ।



  • जैविक हरियो चियाका फाईदाहरु

- क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
- नियमित सेवनले छालाको क्यान्सर हुनवाट बचाउँछ ।
- रगतमा चिनिको मात्रा घटाउँछ ।
- स्मरणशक्ति बढाउँछ ।
- मोटोपन घटाउँछ ।
- मुटु सम्बन्धी सम्पूर्ण रोगहरुलाई नियन्त्रण गर्छ ।
- श्वास गन्हाउने, गिजा, तथा मुखसम्बन्धी अन्य रोगहरुलाई रोकथाम गर्छ ।
- दाँतलाई मजबत बनाउँछ ।
- खानाको विषाक्तपनलाई नियन्त्रण गर्दछ ।
- ग्याष्ट्राइटिस् वा ग्याष्टिक तथा आन्द्राका समस्या अल्सर, अपच,
- कब्जियतलाई हटाउँछ ।
- पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।
- बुढ्यौलीपन कम गर्दछ ।
- एच. आई. भि. का भाईरसहरुलाई फैलिनबाट रोकी एड्स हुनबाट रोक्छ ।
- उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
- प्रदुषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मद्दत पु¥याउँछ ।


नेपाली जैविक हरियो चियाको यती धेरै महत्व हुदाँ हुदै पनि यसले उचित बजार नपाउनु सम्पूर्ण नेपालीहरुकै दुखद कुरा हो । यसै सम्बन्धमा नेपालकै एक मात्र अन्तराष्ट्रिय गुणस्तरको चिया उत्पादन गर्ने चिया बगान कञ्चनगंघा टि स्टेट, पाचँथर (Organic Certify by: National Association for Sustainable Agriculture, Australia NASAA, United States Department of Agriculture USDA, Japanese Agricultural Standard, JAS)का प्रमुख दिपक प्रसाद बास्कोटा भन्नुहुन्छ, “नेपालीहरुलाई नै नेपाली बस्तुको महत्व थाहा छैन, नेपालीहरुलाई त सस्तो भए पुग्छ । आवाश्यक ज्ञान नभएको कारणले पनि नेपाली बजारमा हल्लाको खेती हुने गरेको छ, हर्वल ड्रिङ्क लाई हर्वल टि भनेर गलत प्रचार प्रसार भैरहेको छ । तुलसीको चिया कसरी हुन सक्छ ? भनी प्रति प्रश्न गर्नुहुन्छ बास्कोटा ।” नेपाली जैविक हरियो चिया बिक्री वितरण गरीरहनु भएका बा. न. पा. १० कुडुले बागलुङका शान्त बहादुर के. सी. आफ्नो अनुभब सुनाउनु हुन्छ । “अर्गानिक यानेकी जैविक हरियो चियाको महत्व नबुझेको कारणले बजारमा जादाँ अन्य सामान्य सि. टि. सी. चिया सरह ठानी मूल्य महंगो भन्ने गुनासो गरे पनि नेपाली जैविक हरियो चियाको महत्व बुझाए पछि बौद्धिक व्यक्तित्वहरुले यसलाई सहर्ष स्वकारेका छन् । कयौ विरामीहरुले स्वास्थ्य लाभ गरेर घरमा नै धन्यवाद दिन आएको पनि छन् । लाखौ रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएका दीर्घरोगीहरु १० दिन देखी १५ दिन सम्ममा जैविक हरियो चिया पिउँदा स्वस्थ्य बनेको अनुभव पनि सुनाउनु भयो । ग्याष्ट्राइटिस् वा ग्याष्टिक, अल्सर, अपच, कब्जियत, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगलाई समेत ग्यारेन्टीका साथ जैविक हरियो चियाको सेवनले निको नै हुने दाबी गर्नु हुन्छ शान्त बहादुर के. सी. ।” जैविक हरियो चियाको नियमित उपभोगकर्ता लेक्खानी ६, बागलुङका देवी श्रीस लामो समयदेखी नेपालको मात्र नभई भारतका विभिन्न अस्पतालमा समेत उपचार गराउदा निको नभएको पेटको समस्याका साथै विभिन्न स्त्री रोगहरु जैविक हरियो चियाको सेवनले सखापै पारेको कुरा बताउनु भयो । साथ साथै उनको बुबा परशुराम श्रीसको पनि ५ बर्ष पुरानो उच्च रक्तचापको कारणले पक्षघातसम्म भएको श्रीसको मात्र १० दिनको जैविक हरियो चियाको सेवनले उच्चरक्तचापलाई सामान्य बनाईदिएको छ । संसारमा पानी पछि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया नै हो । दैनिक उपभोग्य बस्तु हुदाँ हुदै पनि उचित ज्ञानको अभावमा चियाको गलत संस्कार नै बसीरहेको अवस्था छ । जैविक हरियो चियालाई संस्कारको रुपमालैजान सकेको खण्डमा विभिन्न रोगहरुबाट सजिलै बच्न सकिने र रोग लागेपछि उपचारको खर्च बच्ने हुन्छ भने यदि केही रोगहरु भएपनि त्यसलाई सामान्य चियाको सेवनले पनि निको हुनेहुदाँ औषधीको असरबाट पनि बच्न सकीने हुन्छ । साथै यसको विश्व बजारमा बिक्री वितरण गर्न सके विदेशी मुद्रा समेत सजिलै भित्रयाउन सकिन्छ । लाखौ नेपाली युवाहरु विदेशीभूमीमा पलायन भएको यस बर्तमान अवस्थामा अब समय, श्रम र सिप मात्र हैन नेपाली जैविक हरियो चियालाई पनि बेच्न सकेको खण्डमा नेपाली कृषकहरुको उचित मूल्यांकन हुन सक्छ । जति पनि नेपाली नागरिकहरु विदेशमा हुनुहुन्छ मात्र एक एक रुपैयाँ बराबरको नेपाली जैविक हरियो चिया बेच्न सके लाखौ रुपैयाँ भित्रीने थियो । जसको फलस्वरुप नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव स्वतः पर्न जाने थियो । त्यसैले युवा दार्शनिक डा. योगी विकासानन्द भन्नुहुन्छ, “संसार बदल्नु छ शुरुवात आफैबाट गर्नु छ ।” यसको निम्ती तपाईको भुमीका के हुन सक्छ ?

3 comments:

Ashesh said...

कुरा सबै नै राम्रो लाग्यो । तर यो Network Marketing को कन्सेप्टलाई नेपालमा अलि गलत तरिकाले बुझिन्छ भन्ने मलाई लाग्दछ । यस अन्तर्गत का कुनै पनि प्रोडक्टहरू inferior quality का भएर यसरी वेच्न खोजिएको हो भन्ने मान्छेहरू मैले प्रशस्त भेटेको छु । यो चिन्तनमै परिवर्तन ल्याउनु अझ धेरै आवश्यक छ ।

Dilip Acharya said...

अध्ययनको क्रममा केही बर्ष चिनमा बसेर यो हरियो चियाको सेवन गर्नुको साथै यसबारेमा सामान्य जानकारी रहेका भएपनि । यो पोस्टबाट भने धेरै कुराको ज्ञान भयो ।

अब फेरि सुरु गर्नु पर्ला जस्तो लाग्यो 'ग्रिन टि'।

Bashant said...

Thank you sir, for positives comments.
Nepali Organic Green tea is height qualities of the world. So that there is not inferior quality of Product. It should be finest product in Network, coz it's depend up on the old customer to refer new customer their experience. There should not be only money but also Nepali product. it's helps to promote Nepali Product all over the world.

Cash with FACEBOOK

make-money-468x60